Logo: Empowering the differently able persons
Jump to Content

Photo Mr. Maheshwar
Nepali translation by Mr. Maheshwar

Index Page

INDEX

Select a different Langauge

Page # 1

प्रस्तावना

सन् २००७ को नोभेम्बर मा हाम्रा अध्यक्षले बहिरा व्यक्तिहरूको पर्यटन विषयमा मा अनुभव बाँड्न पहुँच युक्त पर्यटन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनका आयोजकबाट निमन्त्रणा प्राप्त गर्नु भयो । यो सम्मेलन पर्यटन तथा खेलकुद मन्त्रालय, सामाजिक तथा मानव विकास मन्त्रालय, बैङ्कक महानगर प्रशासन, एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद, र अपाङ्गहरूको जन परिषद एसिया प्रशान्त को संयुक्त आयोजनामा संयुक्त राष्ट्रसंघ सम्मेलन केन्द्र बैङ्कक थाइल्याण्डमा सम्पन्न गरिएको थियो ।

सम्मेलनमा, उहाँले बहिरा तथा सुस्त श्रवणको सन्दर्भमा पहुँच युक्त पर्यटन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भयो । यो पुस्तिका त्यसैको परिमार्जित स्वरूप हो ।

बहिरा व्यक्तिहरूको आवश्यकतालाई अपाङ्गहरूको आन्दोलनमा सामान्य त वेवास्ता गरिन्छ ।साथै दुर्भाग्यवस् सुस्त श्रवण हरू अभियानमा दृश्य मै देखिँदैनन् । आशा गरौँ यस पुस्तिकाले बहिरा तथा सुस्त श्रवणहरूलाई सार्वजनिक जीवन या पर्यटन मात्र होइन अपाङ्गहरूको अभियानलाई समेत सचेतना बृद्धि गर्न मद्दत गर्ने छ ।

यो दस्तावेज प्रतिलिपि गर्न कुनै रोक छैन, यसका लेखक र DANISHKHADA संस्थालाई उचित कदर गरि साभार गर्न सकिने छ ।

back to top

Page # 2

लेखक परिचय

 Photo of Author मोहम्मद अक्रम पाकिस्तानी हुन र उनी बहिरा छन् । सन १९९२ देखि उनि सूचना प्रविधिसँग संलग्न छन् । सन २००० देखि उनले अपाङ्गहरूलाई सहयोग गर्न सुरु गरे । उनि स्वयं बहिरा भएका कारण अपाङ्गहरूको समस्या र समाजमा उनीहरूले भोगि रहेका चुनौती उनलाई थाह थियो ।

अक्रम ले विगत सात वर्ष देखि अपाङ्ग तथा बहिरोहरूका लागि कार्य गरि रहेका छन् । उनी भ्रमण गरि रहन्छन् र उनले एसिया मध्यपूर्व र यूरोपका ९ देश डुलि सकेका छन् ।उनले राष्ट्रिय अन्तराष्ट्रिय थुप्रो भेला तथा सम्मेलनमा भाग लिएका छन् । उनि स्वयंसेवकका रूपमा धेरै स्थानीय तथा अन्तराष्ट्रिय अपाङ्गहरूको सङ्गठनलाई सघाँउदछन ।

सन २००४ मा उनि स्वयंसेवकका रूपमा इन्डोनेसिया गए। सन २००५ मा उनलाई APCD ले इन्टरनेट पहुँच तथा त्यसमा आधारित सञ्जाल विषयको तालिममा छनौट गर्यो र पुन २००६ मा त्यसै विषयको पुनर्ताजगिमा सामेल हुने मौका मिल्यो साथै त्यसै वर्ष UN ESCAP मा कार्य पत्र प्रस्तुत गर्ने मौका मिल्यो ।सन २००७ मा उनि विश्व सुस्त श्रवण युवा महासंघको नेतृत्व अध्ययन सत्रमा सामेल भए जसको आयोजना युरोपेली काउन्सिलको सहयोगमा भएको थियो । अहिले उहाँ अपाङ्गहरूको सूचना पहुँच बढाउने कार्यमा पाकिस्तानमा सक्रिय हुनुहुन्छ र यसै शीर्षकमा एउटा पुस्तक समेत लेख्नु भएको छ ।

सन २००६ मा उनले आफ्नै "Danishkhada” नामक संस्था स्थापना गरेका छन् र यव संस्थाले ज्ञान पार्क स्थापनाका लागि कार्य गरिरहेको छ, जसले सूचना प्रविधिको शक्तिको उपयोगिताबाट अपाङ्गहरू तथा बहिराहरूको को शशक्तिकरण गरिनेछ ।

उनले कार्य गरि रहेका संस्थाहरू

संस्थापक अध्यक्ष Daniskadh पाकिस्तान

सह संस्थापक सिन्ध अपाङ्ग मञ्च पाकिस्तान

सह निर्देशक डेफ फ्रेण्डस् ईन्टरन्यासनल अमेरिका

सल्लाहकार एवं विशेष परियोजना संयोजक Pakistan Association of Deaf

स्वयंसेवक Matahariku इन्डोनेसिया

स्वयंसेवक Deaf Tour Assistance Philippine फिलिपिन्स

स्वयंसेवक Heaven Care Resource Center Inc. फिलिपिन्स

DPI पाकिस्तानमा सूचना सचिवका रूपमा एक वर्ष सेवा गरेको ।

back to top

Page # 3

१. दूतावास / कन्सुलेटमा बाधाहरू

पर्यटकहरू सूचना तथा भिसाको कामले धेरै दूतावास धाउनु पर्छ । त्यस कारण अन्तराष्ट्रिय पर्यटनका निमित्त दूतावास तथा कन्सुलेट मा पहुँच अत्यन्त महत्वपूर्ण छ ।

१.१ कालो सिसा

मेरो देशमा मैले कम्तीमा दुई दूतावासको स्वागत कक्षमा कालो सिसा भएको कारण सञ्चार बाधा भोगेको छु । त्यसो हुँदा हामी अर्को तर्फ बसेको मान्छे देख्न सक्दैनौ उनीहरूको ओठ पढ्न सक्दैनौ र हाउभाउ बुझ्न सक्दैनौ । यो बहिरोहरू तथा सुस्त श्रवणका लागि एउटा समस्या हो ।

हामी के गर्न सक्छौ ?

हामी सुरक्षाको संवेदनशीलता बुझ्छौ र दूतावास का कर्मचारी प्रहाय मित्रवत् एवं सहयोगी छन् । यति हुँदा हुँदै पनि सामान्य कर्मचारी तहमा समस्या रहेको छ । तसर्थ कर्मचारीहरूलाई तालिम गर्नु पर्ने सुझाव गरिन्छ ।

१.२ बहिरोहरूका लागि झन् महँगो !

दोस्रो समस्या के छ भने प्राय दूतावास हरू राजधानीमा हुन्छन् बहिरा ले आफ्नै खर्चमा दोभासे लाई लैजानु पर्ने हुन्छ खान बस्न खर्च लाग्छ । यसले उनीहरूलाई दोहोरो खर्च लाग्ने गर्छ र थप आर्थिक बोझ परि रहेको छ।

हामी के गर्न सक्छौ ?

अवश्य पनि सरकारले दोभासे व्यवस्था मिलाउनु पर्छ वा दूतावासले उनीहरूको खर्चमा दोभासे बोलाउनु पर्छ । त्यस्तै बहिरोहरूका राष्ट्रिय संघहरूले दोभासे सेवा स्थापित गर्ने प्यास गर्नु पर्छ ।

back to top

Page # 4

image or airplane

२. उडानमा बाधाहरू

२.१ सुरक्षा निर्देशन

सुरक्षा प्राथमिक हो र सबै हवाई कम्पनीले विमानमा रहँदा सुरक्षा निर्देशन दिन्छन् । हामी मध्य धेरैले त्यसमा ध्यान दिँदैनौ होला तर त्यो आपत कालको अवस्थाको लागि जरुरी छ ।

यद्यपि छापाको र देखाएर त्यो उपलब्ध हुन्छ तर मलाई शंका छ कम बहिरोहरूले त्यो बुझ्छन् किन भने हाम्रो मातृभाषा साङ्केतिक भाषा हो न की बोलीचालीको । त्यसैले ती निर्देशन साङ्केतिक भाषामा पनि हुनु पर्छ ।

हामी के गर्न सक्छौ ?

उडान सुरक्षा निर्देशन भिडियोमा साङ्केतिक भाषा पनि प्रयोग गरिनु पर्छ । मलाई खुसी लागेको छ त्यस्ता केही हवाई उडान कम्पनीहरूले उडान सुरक्षा निर्देशन भिडियोमा साङ्केतिक भाषा पनि प्रयोग गर्छन् भन्ने कुरा बताउन पाउँदा । तर पनि अधिकांश ले यसलाई व्यवहारमा ल्याएका छैनन् ।

म व्यक्तिगत रूपमा विश्वस्त छु अन्तराष्ट्रिय हवाई उड्डयन सङ्गठनले विश्व बहिरा महासंघ सँग मिलेर अन्तराष्ट्रिय साङ्केतिक भाषामा त्यस्तो सामग्रीको विकास गर्न सक्छ ।साथै अन्तराष्ट्रिय हवाई उड्डयन सङ्गठन र सरकारले बहिरोहरूका सुरक्षा अर्थ कानुन तथा नीति ल्याउनु पर्छ ।

२.२ उडानको बेला मनोरञ्जन

यो प्रस्तुतीकरण बनाउँदै गर्दा म मेरा सुस्त श्रवण साथीहरू करिना (अध्यक्ष IFHOHYP) र ह-ल्यण्डकी कृष्टी मेनहीरे सँग कुरा गर्दै थिए । सुस्त श्रवण साथीहरू आफ्नो बाँकी रहेको थोरै सुन्ने क्षमता श्रवण यन्त्रको प्रयोग वा कोकेलर ईम्पाल्नटमा निर्भर हुन्छन् । प्रस्ट बुझ्न का निमित्त उनीहरूलाई पृष्ठभूमिमा हल्ला रहित आवाजको आवश्यकता पर्छ । कृष्टीको टिप्पणी छ, लामो हवाईयात्रामा एउटा सानो टिभि हेडफोन सहित हुन्छ तर त्यसले श्रवण सहयोगी यन्त्रलाई मद्दत गर्दैन । हवाई कम्पनीहरूले सुस्त श्रवण यात्रुहरूलाई लुप प्रविधि वा अक्षरहरू समेतरहेको फिल्म देखाउन सक्छन ।

हामी के गर्न सक्छौ ?

फिल्ममा बोलीको अक्षरमा हुनु जरुरी छ । यो फिल्म उत्पादक हरू को दायित्व हो । हवाई कम्पनीहरूले उसका बहिरा यात्रुहरूका लागि त्यस प्रकारको फिल्मको माग गर्नु पर्छ ।

मैले डा नील बाउमान सँग हवाई यात्रामा लुप प्रविधि बारे कुरा गरेको थिए। उनी भन्छन् यस समस्याको सजिलो समाधान भनेको नेक लुप को प्रयोग नै हो । मात्र नेकलुपलाई एअर फोनको प्वालमा जोड्नु अनि आफ्नो श्रवण यन्त्रको टि क्वयल लाई चालू गरि आफ्नो मनपर्दो कुरा सुन्नुस् । उहाँका अनुसार अधिकांश सुस्तश्रवणहरू लाई नै राम्रो सुन्न सकिने यस्तो प्रविधि बारे थाह छैन । सधैं अरू ले हाम्रो लागि वस्तुहरूमा पहुँच बनाई दिने पनि होइन । कहिले कहि हामीले आफैं पनि केही गर्नु पर्छ र नेकलुप र म्युजिक लिङ्क त्यति महँगो पनि होइन ।

यसले मलाई गुनासो मात्र नगरौँ भन्ने याद दियो ।हामीले उपलब्ध सम्भाव्य उपायहरूको खोजि पनि गर्नु पर्छ ।अपाङ्गहरूको सङ्गठनले पनि यस्ता उपलब्ध समाधानका उपाय बारे अपाङ्गहरूलाई शिक्षित गराउनु पर्छ ।

back to top

Page # 5

३. सडक यातायातमा बाधा

३.१ रेल स्टेसन मा नकारात्मक अनुभव

म अपाङ्गहरूको क्षेत्रमा सक्रिय भए देखि धेरैजसो रेल यात्रा गर्नु पर्छ ।त्यसले निरास बनाउँछ किन भने रेल स्टेसनहरूमा श्रव्य दृश्य प्रविधिहरू छैनन् ।पछिल्लो समय म एउटा बहिरा सङ्गठनका लागि कार्य गरि फर्कँदा रेल ढिलो हुने भयो । म प्रतीक्षा कक्षमा आराम गर्न र पर्खन सकिन म त्रस्त थिए कतै मेरो रेल नछुटोस् किन कि म ता भएको उद्‍घोष सुन्न सक्दैन थिए र थाह थिएन रेल कति समयमा आउँदैछ । त्यसैले म प्लेटफर्ममा ३ घण्टा रेल पर्खेर बसे न कि प्रतीक्षा कक्षमा आराम गरेर ।

३.२ विदेशमा बस यात्रामा नकरात्मक अनुभव

photo of a bus म विदेशमा थिए र पैसा जोगाउन बस चढ्ने निर्णय गरेँ । मलाई थाहा थियो म कहाँ छु कहाँ जानु पर्छ र म चढ्नु पर्ने बसको रुटको अङ्क समेत थाहा थियो ।

बस चढे पछि मेरो पहिलो समस्या थियो मैले कति भाडा तिर्ने भन्ने । मैले आफू बहिरा भएको बताए र नक्सा देखाएर आफू जानु पर्ने स्थान देखाउने कोसिस गरेँ ।मैले उसलाई त आफूले कति तिर्नु पर्ने हो बताई दिन आग्रह गरे तर ड्राइभर अधैर्य थियो र मलाई सहयोग गरेन । यसले मलाई आफ्नो बहिरो भएकोमा दुखि बनायो । मसँगै को अर्को यात्रुले स्थितिलाई बुझेर मेरो हातबाट केही सिक्का लिएर टिकट मेसिनमा हाले ।

म सिटमा बसेँ तर अर्को समस्या मलाई पर्खेर बसि रहेको थियो । त्यो शहरमा मेरो यो पहिलो भ्रमण भएकोले हेरेर मलाई आफू बसबाट ओर्लने स्थान थाहा थिएन । हरेक पटक बस रोक्दा म सोच्थेँ म कहाँ छु? म ओर्लने स्थान यही हो त? यसले मलाई अत्यन्त असजिलो बनायो ।

३.३ सकारात्मक अनुभव

photo showing visual signals system in hongkong trains

त्यो नकरात्मक अनुभव पछि मैले विदेशमा एकलै रेल र बस यात्रा गर्न छाडे । तर गत वर्ष म हङकङमा थिएँ र बिना कुनै बाधा उनीहरूको शहरी रेलमा धेरै यात्रा गरे ।त्यो रेलमा एकदम प्रस्ट डिस्प्ले राखिएको थियो जसमा हामी कता यात्रा गरि रहेका छौ कुन दिशामा यत्रा गर्दैछौ र आउँदो स्टेसन कुन हो सबै देख्न सकिन्छ ।त्यस्तो डिस्प्लेको व्यवस्थाले धेरै मद्दत गर्छ र सबै बस तथा ट्रेन एउटा राख्न सुझाव गर्छु ।

back to top

Page # 6

४. आवासमा बाधा

Photo of Miss Miles Mutia in laxury lodging in Philippines

४.१ सुरक्षा र पहुँच

होटल तथा गेस्टहाउसहरू पहुँच युक्त पर्यटनको प्रमुख सरोकार वाला हुन् । हामी होटलको यो कोठामा सुरक्षित छौ? बहिरा भएका कारण विशेष गरि सुनामी र भुकम्पका घटनाहरू पछि धेरै पटक यो प्रश्न मेरो मनमा आउँछ । इमानदार भएर बोल्दा होटलका कोठाहरूमा कुनै आपतका बेला बहिराहरू सुरक्षित छैनन् ।यति खतरनाक समस्यामा कसैले ध्यान दिएको देखिँदैन ।

अर्को समस्या होटलका कोठाहरूमा कहीँ पनि देखिने घण्टीको व्यवस्था छैन । यसले बहिराहरूलाई बाधा सृजना गर्छ । सन् २००४ मा म मलेसियामा थिए । मलाई शहर भ्रमणको लागि लिन एक जना आएछन् र मेरो ढोका ढक्ढकाय छन् । बहिरा भएको कारण मैले ढोका ढक्ढकायको र घण्टी बजाएको सुनिन । मलाई निकाल्न उसले सुरक्षाकर्मी लिएर आउनु पर्यो ।

हामी के गर्न सक्छौ ?

समाधान एकदम सरल साधारण एवं सस्तो छ।बजारमा हेर्ने घण्टी भाईब्रेटर उपलब्ध छन् ।अझ तार रहित सेवा सजिलै बनाउन सकिन्छ र बहिरा पाहुना भएको कोठामा राख्न सकिन्छ । मात्र हामीलाई होटल उद्योग र सरकारबाट(नीति तथा कानुनका लागि) गम्भीर चासोको आवश्यकता छ ।

४.२ वासमा सञ्चार बाधा

होटलहरूमा आन्तरिक सञ्चार र स्वगत कक्षमा सम्पर्कका लागि एउटा टेलिफोन हुन्छ । तर बहिराहरूले सेवाको उपयोग गर्न सक्दैनन् । उनीहरूलाई केही आवश्यक हुँदा भने स्वगत कक्ष मै जान पर्ने हुन्छ । अर्को कोठामा भएका साथीलाई सम्पर्क गर्न उनीहरूको कोठा मै जान पर्ने हुन्छ ।

हामी के गर्न सक्छौ ?

आज भोलि सन्देश पठाउन सकिने टेलिफोन बजारमा पाइन्छ । एउटा तार रहित सन्देश पठाउन मिल्ने फोन मेरो देशमा मात्र ३२ डलर मा उपलब्ध छ । यसमा बिना शुल्क अक्षर सन्देश पठाउने व्यवस्था छ।होटलले केही त्यस्ता सेट राखेर आफ्ना बहिरा पाहुनाका लागि सजिलो प्रयोग गर्न सक्छन् ।

back to top

Page # 7

५. यो हलाल हो?

यो बुँदा प्रत्यक्ष अपाङ्गतासँग सम्बन्धित छैन तर पर्यटनको कुरा गर्दा यो एउटा महत्वपूर्ण बुँदा हो । थुप्रा यस्ता मन पर्ने र नपर्ने कुराहरू छन् वा प्रत्यक्ष रोकावट छ जस्तै हलाल कोसहर र साकाहारि ।

मुस्लिम भएका कारण मैले खानेकुरा हलाल नै हो भन्ने मैले निश्चित गर्नु पर्छ । विदेशमा यात्रा गर्दा यो मेरोलागि ठुलो समस्या हो । उदाहरणका लागि केही खानेकुरा हलाल हुन सक्छन् तर तिनका मिश्रण थाह नहुँदा म खान सक्दिन । सम्भवत: खानपानमा अनुशासन राख्ने अन्य ले पनि यस्तै समस्या भोगेका होलान् ।

हामी के गर्न सक्छौ ?

धेरै खाद्य सामग्री हलाल छन्। त्यति हुँदा हुँदै पनि ती खानेकुरामा मिसाएको खाद्य सामग्री पुनरावलोकन नगरि खान हुन्न। यदि खाद्यान्न मा हलाल लेखिएको छ भने यसले हामीलाई ढुक्क बनाउँछ । यस्ता सबै उत्पादनमा हामीले हलाल को चिन्ह मात्र हेरे पुग्छ न की मिश्रणको कुनै अध्ययन गर्न तिर लाग्ने । यसले खाद्य उद्योगको बिक्री बढ्नेछ र उनीहरूलाई फाइदा पनि हुन्छ ।

back to top

Page # 8

एउटा सुझाव

जब म इन्डोनेसिया गए मलाई थाह थिएन त्यहाँ विमान स्थलमा अपाङ्गहरूको लागि छुट्टै काउण्टर छ भनेर त्यसैले मैले त्यो सेवा उपयोग गर्न सकिन । त्यसै गरि विभिन्न देशहरूमा अपाङ्गहरूको वासका लागि विशेष व्यवस्था हुन सक्छ तर पर्यटकहरूलाई त्यसका बारे मा थाह नहुन सक्छ । यसै कारण म एउटा पहुँच युक्त पर्यटन सूचना सञ्जाल बनाउन सुझाव गर्छु । तथापि पहिल्यै यसमा केही वेभ स्थान छन् हामी एसिया प्रशान्तमा केन्द्रित हुन सक्छौ । यदि तपाईँहरू मध्य यस सुझावमा कार्य गर्न इच्छुक हुनु हुन्छ भने Daniskhadh जुनसुकै क्षमतामा हरसम्भव सहयोग गर्ने आव्हान गर्छ ।

photo of 3 doves flying around the globe each taged with Love, Peace and Friendship

back to top

decoration line
HOPE is the DOOR of STRUGGLE that eventually bring SUCCESS (Akram)
decoration line

Valid XHTML 1.0 Transitional Valid CSS!